janayatra

बाढिको पिडामा कर्णाली जनता चुनावमा रमायो सरकार ।

Author जनयात्रा बुधबार, २६ असोज २०७९

views
बाढिको पिडामा कर्णाली जनता चुनावमा रमायो सरकार ।

कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो। सबैभन्दा धेरै जुम्लामा नौजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीनको मृत्यु भएको छ। डोल्पा र सल्यानमा दुई/ दुईजनाको मृत्यु भएको छ भने दैलेखमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ। २२ जना अझै बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० रहेका छन्। जुम्लाका दुई र दैलेखका एकजना रहेका छन्। बाढीपहिरामा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्यांकमा छ। जसअन्तर्गत कालिकोटका मात्रै सात छन् भने मुगु र हुम्लाका पाँच/ पाँच घाइते भएका छन्। जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एकजना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC