janayatra

रुसद्वारा अमेरिकालाई प्रत्यक्ष सैनिक द्वन्द्वको चेतावनी ।

Author जनयात्रा बिहिबार, २० असोज २०७९

views
रुसद्वारा अमेरिकालाई प्रत्यक्ष सैनिक द्वन्द्वको चेतावनी ।

युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको" मस्कोले चेतावनी दिएको छ। अमेरिका अहिलेको "द्वन्द्वको एउटा पक्ष" भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि "सीधा खतरा" भएको बताए। अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ। अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ। पछिल्ला साताहरूमा युक्रेनी फौजहरूले देशको पूर्वोत्तर र दक्षिणी क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरिरहेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण शुरू गराएयता किएभलाई वाशिङ्गटन दिएको सैन्य सहायता करिब १७ अर्ब डलर बराबर पुगेको छ। बिहीवार एउटा वक्तव्यमार्फत्‌ रुसी राजदूत एन्टोनोभले किएथस्थित सत्तालाई अस्त्रहरू दिइराख्नुको अर्थ वाशिङ्गटन "द्वन्द्वको एउटा पक्ष" हुने चेतावनी दिएका हुन्। त्यसले अहिलेको "रक्तपातलाई लम्ब्याउने र नयाँ हताहती निम्त्याउने" उनले दाबी गरे। एकदमै गम्भीर परिणाम निम्त्याउन सक्ने उक्साहटपूर्ण कामहरू बन्द गर्न हामी वाशिङ्गटनलाई आग्रह गर्छौँ  रुस रादजूतले भने।

© 2026 janayatra.com All rights reserved. | Design by OWC