janayatra

सल्यानमा जीप दुर्घटना ।

Author जनयात्रा बुधबार, १२ असोज २०७९

views
सल्यानमा जीप दुर्घटना ।

 

सल्यान सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् 

बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप मंगलबार राति २ बजेतिर कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको थियो 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दिपेन्द्र केसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रिमका ३५ वर्षीय ललित ओली रहेका छन् 

दुर्घटनामा परी सख्त घाइते भएका कपुरकोट गाउँपालिका६ कै ३५ वर्षीय तीलक ओलीको अहिले दाङको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । जीपमा सवार यात्रुहरु बिहे भोज खाएर फर्कंदै गरेको सूचना पाइएको उनले बताए 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले मृत्यु भएका सबैको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको जानकारी दिए । उनका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो 

दसैंको समयमा जीप दुर्घटनामा परेर एकै गाउँका सात जनाले ज्यान गुमाएपछि अहिले कपुरकोट गाउँपालिका६ जलबाङका स्थानीय शोकमा डुबेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताए 

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC